उच्च अदालत परिसरमा कानुन व्यवसायीको धर्ना

धनकुटा । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै जिल्लाका कानुन व्यवसायीहरूले उच्च अदालत विरानटगर धनकुटा इजलासमा आइतबार एक घण्टा धर्ना दिएका छन् ।

नेपाल बार एसोसिएसन उच्च र जिल्ला अदालतको संयुक्त आयोजनामा कानुन व्यवसायीहरूले हातमा कालो पट्टी बाँधेर धनकुटा इजलास परिसरमा एक घण्टा धर्ना दिएका हुन् । धर्ना बिहान ११ बजेदेखि सुरु भएको थियो ।

नेपाल बार एसोसिएसन केन्द्र परिपत्रअनुसार अबका तीन दिन एक/एक घण्टा उच्च अदालत धनकुटा इजलास परिसरमा कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको नेपाल बार एसोसिएसन उच्च अदालत धनकुटाका कोषाध्यक्ष नारायणजुन राईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *