शिक्षक सेवा आयोगद्वारा पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक

काठमाडौँ । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०७८/७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले आगामी २०७९ साल मंसिरबाट अध्यापन अनुमतिपत्र वितरण सुरु गर्ने जनाएको छ ।

आयोगले शिक्षक अध्यापन अनुमतिपत्रको विज्ञापन आगामी चैतमा खुलाउने, असारमा परीक्षा लिइने र नतिजा आगामी असोजमा सञ्चालन गर्ने गरी वार्षिक कार्यतालिका सार्वजनिक गरेको जनाएको छ ।

खुला विज्ञापनको सामान्य परीक्षा फागुनमा, नतिजा प्रकाशन आगामी वैशाखमा र विषयगत परीक्षा आगामी जेठमा सञ्चालन गर्नेगरी आयोगले कार्यतालिका सार्वजनिक गरेको छ।

नेपाल समय

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *