मनकामना स्मार्ट लघुवित्तको खुद नाफा बढ्यो

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार स्मार्टलघुवित्तको खुद नाफा ७३ दशमलब ९७ प्रतिशतले बढेर ४७ लाख ११ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा लघुवित्तले २७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो ।

यस समीक्षा अवधिमा लघुवित्तको खुद व्याज आम्दानी ४८ दशमलब ३७ प्रतिशतले बढेर १ करोड ९४ लाख १० हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । अघिल्लो वर्षको सोहि अबधिमा लघुवित्तले १ करोड ३० लाख ८२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

लघुवित्तको खराब कर्जा ३.७३ प्रतिशतले बढेर ९.३३ प्रतिशत पुगेको जनाएको छ । भने लघुवित्तको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५५ पैशा छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ०५ पैसा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *