इक्वेडरको जेलमा झडप, ६८ कैदीको मृत्यु

काठमाडौँ । इक्वेटरको एउटा जेलमा कैदीहरुबीच ग्याङ फाइट हुँदा ६८ जनाको मृत्यु भएको छ । गाइकुल सहरस्थित जेलमा उक्त ग्याङ फाइट भएको हो । स्थिति नियन्त्रणका लागि त्यहाँ सयौँ सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

झडप लगत्तै जेलमा प्रवेश गरेको प्रहरीले त्यहाँ विस्फोटक पदार्थ र बन्दुक फेला पारेको बीबीसीले जनाएको छ । यस वर्ष मात्रै इक्वेडरका विभिन्न जेलमा कैदीहरुबीच भएको झडपका क्रममा झन्डै दुई सय जनाको ज्यान गएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *