दलहरूको संयन्त्रले सरकारलाई हस्तक्षेप गर्दैन : अर्थमन्त्री शर्मा 

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले दलहरूको संयन्त्रले सरकारलाई कुनै हस्तक्षेप नगर्ने बताएका छन् । दलीय संयन्त्र प्रतिगमनको विरुद्ध प्रतिवाद गर्न गठन भएको भन्दै उनले सरकारी संयन्त्र फरक भएको बताए ।  ‘सत्तारुढ दलका अहिले दुई वटा गठबन्धन छन् । एउटा सरकार हो, जसले जताको हितमा काम गर्छ । अर्को दलीय संयन्त्र हो, जसले प्रतिगामी विरुद्ध राजनीतिक रूपमा प्रतिवाद गर्छ,’ उनले भने, ‘अगामी दिनमा समेत गठबन्धनलाई मिलाएर लैजान्छ ।’
सरकारले गरेका भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त कलम चलाउन पत्रकारलाई उनको आग्रह छ । पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी भण्डाफोर गर्न आग्रह गरे । ‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस्,’ उनी भन्छन्, ‘मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस् ।’
उनले प्रतिगामी तत्त्वहरू अझै सल्लाईरहेको भन्दै त्यसको विरुद्ध लेख्न आग्रह गरे । वचनले लोकतन्त्र भन्ने तर कर्मले प्रतिगमन गर्नेहरू प्रति सचेत रहनुपर्ने उनको भनाई छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *