मूल्य वृद्धिविरुद्ध सत्तापक्षकै विद्यार्थी आन्दोलित

पोखरा । पेट्रोलियममा भएको मूल्य वृद्धिविरुद्ध सत्तारुढ दल निकटका विद्यार्थी संगठनहरु नै आन्दोलित भएका छन् । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मूल्य वृद्धि फिर्ता लिन माग गर्दै पोखरामा विरोध गरेका हुन् ।

पेट्रोलियम र उपभोग्य बस्तुमा भएको मूल्य वृद्धिको विरोधमा उनीहरूले सुनजस्तै काउली प्रदर्शन गरेका थिए । मूल्य वृद्धिले सर्वसाधारण नागरिकलाई दैनिक खर्च धान्न मुस्किल भएकोले दबाब स्वरूप आन्दोलन गरिएको संयोजक सन्तोष न्यौपानेले जानकारी दिए । ‘सरकारमा हाम्रो पार्टी पनि छ । तर हामीलाई मतलब छैन । हामी जनताको पक्षमा छौँ । जनताको विपक्षमा हुने जुनसुकै गतिविधिप्रति हाम्रो विरोध रहन्छ,’ उनले भने, ‘जनताको आवाजलाई बुलन्द पार्दै सुनुवाइ नहुँदासम्म आन्दोलन गरिरहन्छौँ ।’

उनले यसअघि केपी ओली नेतृत्वको सरकार ढाल्न आफूहरूको भूमिका महत्त्वपूर्ण भएको भन्दै मनपरी नगर्न अहिलेको सरकारलाई चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *