डीएसपी तिमिल्सिना निमोनियाबाट निधन

सप्तरी । इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकनाथ तिम्सिनाको निधन भएको छ । उपचाररत उनको आज बिहान निमोनियाबाट निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेकाअनुसार तिम्सिना नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचाररत थिए । दशैँअघि बिरामी भएका उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

यसपछि धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका डीएसपी तिम्सिनाको अवस्था गम्भीर भएपछि हेलिकोप्टर मार्फत लागि प्रहरी अस्पताल पुर्‍याइएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =