गणकहरूसँग यसरी गफिए ‌‌ओली (भिडिओसहित)

काठमाडौँ । पूर्वप्रधान मन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पारिवारिक विवरण गणकहरूलाई उपलब्ध गराएका छन् । बिहीबार तथ्याङ्क सङ्कलन गर्न आफ्नो घर बालकोट आएका गणकहरूलाई विवरण उपलब्ध गराउँदै ओलीले जनताहरूलाई सम्झाइ-बुझाइ गरेर तथ्याङ्क सङ्कलन गर्न सुझाव दिएका हुन् ।

गणकहरूले सोधेका ८० प्रश्नहरूको जबाफ दिएपछि गणकहरूसँग ओलीले भने, ‘तपाईंहरू गाउँ/गाउँमा पुग्दै हुनुहुन्छ । त्यसक्रममा कतिपयले किन चाहियो भनेर प्रश्नसमेत गर्न सक्नुहुन्छ । त्यतिबेला चाहिँ तपाईंहरूले संयमित भएर बोल्नुपर्छ । जनगणनाको महत्त्वबारे बुझाउनुपर्छ ।’

वास्तविक तथ्याङ्कले मुलुकको विभिन्न पाटोहरूमा समेत सघाउ पुग्ने दृष्टान्त सुनाउँदै ओलीले थपे, ‘उपयुक्त ढङ्गले नीति निर्माणलगायतका कुराहरूमा समेत यी तथ्याङ्कहरू चाहिन्छ । त्यसैले तपाईंहरूले झर्को मान्नुहुन्न भनेर उहाँहरूलाई सम्झाउनुपर्छ । उहाँहरूले तिमीहरू आएर म के पाउँछु, के हुन्छ भनेर भन्नुहुन्छ कसैले । तिमीले थपिदिने हो भनेर भन्छन् । उहाँहरूलाई सम्झाएर तथ्याङ्क लिनुपर्छ ।’

नेपालको १२औं राष्ट्रिय जनगणना बिहीबारबाट शुरू भएको छ । जनगणनामा ८० वटा प्रश्नहरू सोधिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =