मोरङमा कारागारमा कैदीको शंकास्पद मृत्यु

विराटनगर । मोरङ जिल्ला कारागारमा रहेका एक कैदीको ‘शंकास्पद’ मृत्यु भएको छ ।  जबरजस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका ४३ वर्षीय नारायण थापाको मृत्यु भएको कारागारमा शंकास्पद मृत्यु भएको हो। थापा कात्तिक १६ मा गुन्डा नाइके अभिषेक गिरीलाई काठमाडौँबाट मोरङ ल्याउँदा विरोधमा उत्रिएका कैदी हुन् ।

जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद भुक्तान गरिसकेका थापाको स्वास्थ्यमा यसअघि कुनै समस्या नआए पनि राति एक्कासि पेट दुख्ने र सास फेर्न गाह्रो भएको बताएपछि कोसी अस्पताल लगिएको जिल्ला कारागार मोरङका निमित्त जेलर रामप्रसाद पोखरेलले बताए ।

अस्पताल पुगे लगत्तै थापालाई चिकित्सकले मृत घोषणा गरेको उनले बताए । मोरङको इटहरीका थापालाई १० वर्ष कैद सजाय भएको थियो । मंगलबार कारागारभित्र  झडप भएको थियो । झडपमा छ जना घाइते भएका थिए । झडपपछि कारागार प्रशासनले गिरीको विपक्षमा रहेका चौकीदार किरण गुरुङसहित १४ कैदी–बन्दीको सरुवा गरेको छ ।

सरुवामा घाइते छ जना पनि परेका थिए तर थापाको सरुवा भएको थिएन । चौकीदारको सरुवा लगत्तै कारागार प्रशासनले गिरीका सहयोगी कार्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिएको थियो । कार्तिक झडपमा संलग्न थिए । कारागार प्रशासनले कामतलाई चौकीदारको जिम्मेवारी दिएको दुई दिनपछि थापाको मृत्यु भएको हो । थापाको मृत्यु शंकास्पद भएको कारागार स्रोत बताउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *