नागरिक पत्रकार रिहा गर्न चीनलाई अमेरिकाको आग्रह

काठमाडौँ । सन २०२० को प्रारम्भिक चरणमा चीनको वुहान प्रान्तमा भएको कोभिड-१९ को व्यापक फैलावट बारेका सामग्री सामाजिक सञ्जाल र अनलाइनमा पोस्ट गर्ने चीनकी नागरिक पत्रकार झाङ झानलाई रिहा गर्न चीनलाई अमेरिकाले आग्रह गरेको छ ।

सन २०२० फेब्रुअरीमा वुहान पुगेर उनले स्थलगत रिपोर्टिङ गरेकी थिइन् । ३८ वर्षकी झाङलाई चीनले पक्राउ गरी चार वर्षको कैद सजाय समेत सुनाइएको बीबीसीले उल्लेख गरेको छ । गत मे महिनामा उनलाई यस्तो सजाय सुनाइएको थियो ।

पछिल्लो समयमा उनी जेलमै अनसनमा बसिरहेकी छन् । उनको बिग्रँदो स्वास्थ्यलाई मध्यनजर गरेर अमेरिकाले उनलाई थुनामुक्त गर्न आग्रह गरेको हो। अमेरिकी स्टेट डिपार्टमेन्टकि प्रवक्ता नेड प्राइसले यस्तो आग्रह गरेकी हुन ।

चीनमा मानव अधिकारकर्मीको पहिचान बनाएकी कानुनकी विद्यार्थी झाङलाई केही वर्ष अगाडि हङकङको स्वतन्त्रताको आन्दोलन गर्नेहरूलाई समर्थन गरेको नाममा समेत पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *