रियलमीलको ‘जीटी नियो २’ नेपाली बजारमा

काठमाडौं । रियलमीले आज औपचारिक रुपमा नेपालमा रियलमी ‘जीटी नियो २’   सार्वजनिक गरेको छ ।

जसको मूल्य ५४ हजार १ सय ९९ रुपैयाँ रहेको छ । जसमा ८\१२८ जीबी स्टोरेज रहनेछ ।

लोकप्रिय फ्लागसिप किलर रियलमी जिटी लाइनअपमै आधारित यस नियो फ्लागसिप किलर रियलमी जिटी नियो २ धेरै स्मार्टफोन चलाउने प्रयोगकर्ताहरुको लागि बनाइएको कम्पनीले जनाएको छ ।

शुरुका ग्राहकहरुले तोकिएको भन्दा ३ हजार कम मूल्य ५१ हजार १ सय ९९ रुपैयाँमा यो मोवाइल फोन खरीद गर्न पाउने छन् ।

रियलमी जीटी नियो २ कार्तिक २५ देखि दराज अनलाइनमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

इच्छुक ग्राहकले उक्त स्मार्टफोनमा ५१ हजार १ सय ९९ रुपैयाँको शुरुवाती मूल्यमा अग्रीम बुकिङ्ग गर्न र दराजको ११.११ का सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।

यस सुविधा अन्तर्गत कार्तिक २८ देखि भाउचर तथा बैँकिङ्ग छुटमा वितरण शुरु हुनेछ तथा अफलाइन ग्राहकले कार्तिक २७ देखि अग्रीम बुकिङ्ग गर्न सक्नेछन् ।

रियलमी नियो जिटी २ नियो ब्लाक र नियो ग्रीन गरी २ रङ्गमा उपलब्ध हुने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *