‘दारी बा’लाई पितृशोक

काठमाडौँ । कलाकार सुरवीर पण्डित (दारी बा) लाई पितृ शोक परेको छ । उनका पिता लोकबहादुर पण्डितको ७८ वर्षको उमेरमा निधन भएको हो । पण्डितका भाइ माधव पण्डितले निधनको खबर पुष्टि गरेका हुन् ।

दम रोगले ग्रसित पण्डितलाई केही दिनयता ह्याम्स अस्पतालमा राखेर उपचार गरिँदै आएकोमा आज अपराह्न निधन भएको हो ।

उनको आज साँझ ६ बजे अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 11 =