बिदाइ हुँदै गर्दा प्यासीले भने- केही समय नातिनातिना खेलाएर बस्छु

विराटनगर । निवर्तमान भएका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बिदाइ हुँदै गर्दा प्रदेश १ ले आफूलाई बचाएको बताएका छन् । कोभिडका कारण मृत्यु शैय्यामा पुगेको बेला डाक्टर बोलाएर उपचार गराएकोमा त्यो बेलाको प्रदेश सरकार र क्याबिनेटप्रति उनले ठुलो गुन लगाएको भन्दै प्रशंसा गरे ।

‘मलाई अहिले त्यो बेला सम्झँदा आँसु आउँछ‚’ उनले भने, ‘आफूलाई बचाएको बारेमा जहाँ कुरा गर्दा पनि भावुक हुन्छु । आँसु आउँछ, सरकारले गर्दा एउटा नेपालीको छोरो बाँचेको छ ।’

उनले प्रदेश १ मा रहँदा वा बस्दा आफूले नागरिकको हितमा नै काम गरेको बताए । आफूलाई कुनै अधिकार नभएपनि आफूसँग भएको अधिकारको सही रुपमा प्रयोग गरेर नागरिकलाई हित हुने काम गरेको उनले सुनाए ।

उनकै निवासमा पुगेका नेकपा एमालेका नेताहरूसँगको बिदाइ कार्यक्रममा प्यासीले अबको केही महिना आफ्ना नातिनातिना खेलाएर आनन्द लिने बताए । ‘लामो समय भयो‚ मैले आफ्ना नातिनातिनासँग खेल्न पाएको छैन,’ अधिकारीले भने, ‘अबको केही समय पोखरामा गएर आफ्ना नातिनातिना खेलाएर बस्छु ।’

उनले केही महिनाको पोखरा बसाइपछि काठमाडौँ फर्किएर राजनीतिमा सक्रिय हुने संकेत गरे । अहिलेसम्म सबै राजनीति गरेका व्यक्तिहरू नै आफ्ना साथी‚ सर्कल भएकाले त्योभन्दा टाढा जान नसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *