छठ पूजाका लागि सडकमा दण्डप्रणाम यात्रा गर्दै विराटनगरका मेयर

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १८औँ पटक शरीर भुइँमा घस्रेर दण्डप्रणाम गर्दै छठ पूजामा निस्किएका छन् । बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि उनी विराटनगर पोखरियामा रहेको शिव पाञ्चायन मन्दिरबाट दण्ड प्र‍णाम गर्दै छठको पूजाका लागि निस्किएका हुन् ।

पोखरियामा रहेको शिव पाञ्चायन मन्दिरबाट करिब ३ किलो मिटरको दूरी घस्रिएर पार गर्दै मेयर पराजुली करिब ४ घण्टाको अवधिमा सिँगिया खोलाको परोपराकार घाटमा पुग्नेछन् । मेयर भएपछि हरेक वर्ष नागरिकका लागि व्रत बस्ने गरेका मेयर पराजुलीले व्रतपछि परिवारमा सुख‚ शान्ति एवं ऐश्वर्य प्राप्त हुने बताए ।

No description available.

परिवारको आस्था रहेकाले आफूले यो वर्षमात्र नभई १८ वर्षदेखि यसैगरी घस्रिएर जलाशयसम्म पुग्ने गरेको मेयर पराजुलीले सुनाए । मेयर पराजुलीमात्र होइन‚ भाकल गरेकाहरू हरेक वर्ष यसैगरी घस्रिएर कष्टका साथ तलाउसम्म जाने गरेका छन् । परिवार सुख, सन्तान प्राप्ति, निरोगी तथा ऐश्वर्य प्राप्ति हुने जन विश्वास रही आएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *