जनकपुरमा छठको उल्लास (तस्बिरहरू)

धनुषा । तराई-मधेसका गाउँदेखि शहरसम्मका जलाशयमा छठको विशेष रौनक छ । जनकपुर क्षेत्रमा झनै छठको उल्लास बढेको छ । जनकपुरमा छठको पूजाका लागि घाटहरु चिटिक्क सिंगारिएका छन्।

छठ मनाउन आज बिहानै व्रतालुहरू घाटमा पुगिसकेका छन् । छठमा आवश्यक पूजाका सामग्रीले घाट झन् झकिझकाउ बनेका छन् । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ ।

छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर राति घाटमै बिताउँछन् । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ । तस्बिर : रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *