नोबेल पुरस्कार विजेता मलालाले विवाह गर्ने, निकाह सम्पन्न

काठमाडौँ। नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले विवाह गरेकी छन्। यूकेको बर्मिङ्घममा आफ्ना प्रेमीसँग एक इस्लामिक समारोहकाबीच विवाह गरेकी हुन्। उनी र असेर मलिकले निकाहमा सहभागी हुँदै विवाहका लागि सहमति जनाएका थिए।  कानुनी हैसियत नहुने भए पनि इस्लामिक विवाहमा निकाहलाई पहिलो कदम मानिन्छ।

२४ वर्षीय  मलालाले यसलाई आफ्नो जीवनकै ‘एउटा मूल्यवान् दिन’ रहेको उल्लेख गरेकी छन् । सन् २०१२ मा तालिबानको गोली हमलामा परेपछि पाकिस्तानी महिला अधिकारवादी मलालाले इङ्ग्ल्याण्डको वेस मिडल्याण्ड्स क्षेत्रमा शरण पाएकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =