झापामा जन्मियो अनौठो बच्चा

विराटनगर । झापामा एक अचम्मको बच्चाको जन्म भएको छ।  झापा गाउँपालिका–६ फुलगाछीकी सीमा मर्डीले तीन हात र चार खुट्टा भएको बच्चालाई जन्म दिएकी हुन् । श्यामलाल मर्डी र सीमा मर्डीको परिवारमा जन्मिएको उक्त शिशुको तीन हात र चार खुट्टा रहेको स्थानीय मोहन पोखरेलले बताए ।

मंगलबार राती करिब ११ बजेको समयमा जन्मेको बच्चाको अनुहार हनुमान जस्तो देखिएको उनी बताउँछन् ।  झापा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हरिबहादुर बानियाँले  तीन हात र चार खुट्टा भएको बच्चा जन्मिएको पुष्टि गरे । सीमाले छोरीलाई घरमै जन्म दिएकी थिइन् तर जन्मने बित्तिकै उक्त शिशुको मृत्यु भएको अध्यक्ष बानियाँले बताए ।

बच्चा जन्मिएपछि बिहानै हेर्न आउनेहरू धेरै भए पनि अहिले सबैलाई त्यहाँबाट हटाउन भनिएको बानियाँ बताउँछन्  ।  बच्चाको अनुहार सामान्य भन्दा फरक, हनुमानको जस्तो देखिने आकार जन्मिएपछि उनीहरू आश्चर्यमा परेका  छन्, अध्यक्ष बानियाँले भने, त्यो गाउँमा हल्ला भएपछि हेर्नेहरू पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 12 =