राष्ट्रपति, उपराष्ट्रपति र प्रधान मन्त्रीद्वारा छठको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वका अवसरमा शुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गर्ने विश्वास व्यक्त गरेकी छन् । छठले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उनको विश्वास छ।

उपराष्ट्रपति पुनले छठ विशेष गरी तराई क्षेत्रमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको बताएका छन् । ‘पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वासका साथ मनाइने छठ पर्वले नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्नेमा म विश्वस्त छु,’ पुनले भनेका छन्, ‘कोराेनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाको नियम पूर्ण पालना गरी छठ मनाउन आग्रह गर्दछु ।

प्रधान मन्त्री देउवाले चाडपर्व विविधताभित्र एकता र सामाजिक सद्भाव राख्ने सांस्कृतिक अभ्यासका उदाहरण भएको बताएका छन् । सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्वमध्येको छठ पर्व पनि एक भएको बताउँदै देउवाले यस पर्वले समस्त नेपालीबिच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twenty =