३८१ वर्ष पुरानो कात्तिक नाच आजदेखि

काठमाडौँ । ललितपुरको पाटनस्थित कात्तिक डबलीमा आजदेखि कात्तिक नाच शुरू हुँदैछ । ऐतिहासिक, साँस्कृतिक एवं तान्त्रिक महत्त्व बोकेको विभिन्न नाच १२ दिनसम्म प्रदर्शन गरिनेछ ।

यो नाच वि.स. १६९७ मल्लराजा सिद्धिनरसिंहले सुरू गरेका हुन् । देशमा शान्ति, सबैको समृद्धि र मनोरञ्जनको हेतुले यो नाच सुरू भएको मानिन्छ । कुनै समय २७ दिन अर्थात महिना दिनसम्म देखाइने हुँदा कार्तिक नाचका नामले परिचित यो नाचको समयावधि छोट्ट्याएर अहिले १२ दिनमा पुगेको हो ।

वि. सं १६९७ सालमा ललितपुरका राजा सिद्धिनरसिहंले आफ्नो देश र जनताको कल्याणका लागि विश्वकै लामो नाट्य महोत्सव आयोजना गर्ने सोच बनाए । यसै शिलशिलामा नाट्य क्षेत्रमा धुरनधर शिक्षा गुरु हरिवंश आचार्य र वाद्य क्षेत्र र तान्त्रिक विधामा धुरन्धर गुरु विश्वनाथ उपाध्यायलाई दरबारमा बोलाए ।

त्यसपछि त्यो समयमा ५ दिनसम्म उक्त नाच सञ्चालन भएको थियो । ५ दिनबाट सुरु भएको यो नाचलाई सिद्धिनरसिंहका छोरा श्री निवास मल्लले त्यसमा लोक नाटक थपेर १५ दिनसम्म लम्ब्याए । पछि श्री निवासका छोरा योग नरेन्द्र मल्लले त्यसमा उषाकिरण लिला थपेर २७ दिनसम्म प्रदर्शन गरे । कात्तिक महिनाभरि चलेको हुँदा उक्त नाचलाई कात्तिक नाच भन्न थालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *