सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने
२०७८ कार्तिक २३ गते

काठमाडाैँ । सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको हाल कायम चुक्ता पूँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ । बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
२०७८ कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित








