मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

कोशी गाउँपालिका- २ लौकहीमा मोटरसाइकलले ठक्कर दिँदा २ वर्षीया बालिकाको मृत्यु भएको हो । दिउँसो लौकहीको भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशातर्फ जाँदै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

अनियन्त्रित भएको मोटरसाइकलले सडक नजिकै बसिरहेकी मोरङको जहदा गाउँपालिका-७ की १६ वर्षीया वर्षा साह र उनीसँगै रहेकी २ वर्षीया बालिका दिक्षा साहलाई ठक्कर दिएको थियो ।

घाइते दुवै बालिकामध्ये जिल्ला अस्पताल ईनरुवामा २ वर्षीया बालिका दिक्षाको मृत्यु भएको प्रहरीले जनाएको छ। अर्की घाइते बालिकालाई थप उपचारका लागि विराटनगर ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eighteen =