जवानले एके-४७ चलाउँदा चार प्रहरीको मृत्यु

काठमाडौँ । भारतको छत्तीसगढस्थित सुकमामा केन्द्रीय रिजर्भ पुलिस फोर्स (सिआरपीएफ)का एक जवानले गोली चलाउँदा ४ जना जवानको मृत्यु भएको छ । ती जवानले गएराती एके-४७ चलाएका थिए ।

गोली लागेर ३ जना घाइते भएका छन् । तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले उल्लेख गरेको छ । घटनाका आरोपी जवानलाई अहिले हिरासतमा राखिएको छ ।

यो घटनाको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । विकासखंड लिंगनपल्लीमा रहेको २१७ नम्बर बटालियन क्याम्पमा उक्त घटना भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =