सल्यानमा बस दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौँ । सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दाङ जाँदै गरेको रा १ ख २५५२ नं. को बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए ।

आइतबार बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका ५ स्थित खारखोलामा दुर्घटना हुँदा २६ जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरूमध्ये गम्भीर घाइतेलाई नेपालगञ्ज र तुलसीपुर लगिएको र ८ जनालाई जिल्ला अस्पताल खलङ्गा भर्ना गरिएकाे छ ।

बस सडकबाट २०० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।  घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =