प्रदेश १

सवारी दुर्घटनामा आठ जनाको मृत्यु

विराटनगर । मोरङ, झापा र उदयपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

मोरङको केराबारी गाउँपालिका ९ बेलचौरीमा को ४० प १७२७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा१० च४३०० नम्बरको स्कारपियो ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा चालक लेटाङ नगरपालिका २ का ३० वर्षीय कमल कार्की र पछाडि सवार पथरीशनिश्चरे नगरपालिकाका ५५ वर्षीय तिलक बहादुर सुवेदी, लेटाङ नगरपालिका २ कि ४५ वर्षीया सिता कार्कीको ज्यान गएको हो ।

सिताको घोपा धरानमा उपचारको क्रममा राती मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै गए राती नै भएको मोरङको रङेली नगरपालिका ६ पटियापाडा का ३० वर्षीय सत्रुघन साहको साइकल दुर्घटनामा मृत्यु भएको छ । मोरङकै ग्रामथान गाउँपालिका २ झङ्ग्राहीस्थित सुखानी खोलाकोपुलबाट मोटरसाइकल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कटहरी गाउँपालिका ५ का २१ वर्षीय आशिष सरदार रहेका छन् ।

आज बिहान को १२ प १६७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलबाट सुखानी खोलामा खस्दा सरदारको घटनास्थल मानै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै उदयपुरको त्रियुगा नगरपालिका ११मा स १ ह १६२० नम्बरको अटो र को १९ प ९६४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मोटरसाइकल पछाडि सवार त्रियुगा नगरपालिका ११ का ८५ वर्षीय कुल प्रसाद भण्डारीको दुर्घटनामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनको न्युरो अस्पताले विराटनगरमा उपचारको क्रममा राती मृत्यु भएको हो । मोटरसाइकल चालक सप्तरी कञ्चनपुर नगरपालिका १२ का ५२ वर्षीय कमल प्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका ७ का ४२ वर्षीय नरबहादुर कार्की सामान्य घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड नगरपालिका ६ गिरीबन्दु टि स्टेट अगाडि नम्बर नखुलेको मोटरसाइकल र विपरीत दिशा तर्फ जाँदै गरेको प्र १-०१-०१४ प ६००७ नम्बरको स्कुटर जुधेर दुर्घटना भएको छ । दुर्घटना स्कुटरमा सवार स्कुटर चालक मेची नगरपालिका १० का ४२ वर्षीय डिल्ली कार्की, पछाडि सवार उनका छोरा १६ वर्षीय मनिश कार्की र अर्को मोटरसाइकल पछाडि सवार झापा हल्दिबारी गाउँपालिका २ का २१ वर्षीय पिजेश लामा घाइते मध्ये एकजनको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर पछाडि सवार मेचीनगर नगरपालिका १०का १६ वर्षीय मनिश कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाकै मेचीनगर नगरपालिका १३ तेलिबारीमा प्रदेश-१-०४-०१४ प३३४५ नम्बरको मोटरसाइकल र प्रदेश १-०४-००१ प ३९९५ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाइते भएका थिए । घाइते हुनेहरूमा ३३४५ नम्बरको मोटरसाइकल चालक झापा मेचीनगर नगरपालिका ८ का २१ वर्षीय अनीश गिरी, पछाडि सवार सोही स्थानका १८ वर्षीय अभिषेक श्रेष्ठ तथा ३९९५ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिकाका २१ वर्षीय निकेश शिवाकोटी र पछाडि सवार झापा मेचीनगर नगरपालिका ८ का २१ वर्षीय प्रबिण मेचे रहेका छन् ।

घाइतेमध्ये अभिषेक श्रेष्ठको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा गए राती मृत्यु भएको छ । बाँकी ३ जना घाइतेहरूको सोही अस्पतालमानै उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =