नेपाल सम्वत्‌लाई मौलिक सम्वत्‌का रूपमा प्रवर्द्धन गर्नुपर्छ : बिजुक्छे

काठमाडाैँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिछुक्छेले मुलुकको मौलिक सम्वत्‌का रूपमा नेपाल सम्वत्‌लाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । नवसमाज निर्माण पुस्तकालयले आफ्नो ४०औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष बिजुक्छेले यस्ताे बताएका हुन् ।

नेपाल सम्वत्‌लाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सके देशको गौरव बढ्ने विश्वास अध्यक्ष बिजुक्छेले व्यक्त गरे । उनले सबै जाति, समुदायका भेषभूषा तथा संस्कृतिले मुलुकमा समाजिक सद्भाव र एकता कायम राख्न सहयोग पुर्‍याउने उल्लेख गरे ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले राष्ट्रिय सम्वत्‌का रूपमा स्थापित नेपाल सम्वत्‌का विशेषतालाई प्रचार गर्नुपर्नेमा जोड दिए । पुस्तकालयका अध्यक्ष सुनिल महर्जनले चन्द्रागिरि तथा त्यस आसपास क्षेत्रका स्थानीयवासीलाई विभिन्न सूचना तथा ज्ञान अभिवृद्धि गराउन पुस्तकालयको भूमिका रहेको बताए ।

उक्त पुस्तकालयमा आर्थिक अभावका कारण खोजमूलक कृति सङ्कलन गर्न नसकेको सो अवसरमा महर्जनले जानकारी गराए । कार्यक्रममा नेवारी संस्कृतिर्लाइ समेटेर सङ्कलन गरिएका विभिन्न तस्बिरका प्रदर्शनी गरिनुकासाथै प्रतियोगिताका उत्कृष्टलाई पुरस्कृत गरिएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *