पोखरामा ‘भाइटीका महोत्सव’ हुने

पोखरा । पोखरामा टीकाको दिन ‘भाइटीका महोत्सव’ हुने भएको छ । पश्चिमाञ्चल होटल संघ पोखराले शनिवारऔं भाइटीका महोत्सव ०७८ आयोजना गरेको हो । लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा महोत्सव हुने आयेजकले जनाएको छ ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै जारी कोभिड महामारीबीच पनि पर्यटन क्षेत्रमा आशा छर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिड १९ का कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले आपसी भाइचार अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा महोत्सवले सघाउने विश्वास व्यक्त गरे ।

विगत दुई वर्षदेखि यस्तो महोत्सव हुन नसकेकोमा यसपटक १४औं भाइटीका महोत्सवको रूपमा विदेशी पर्यटकलाई टीका लगाउने कार्यक्रम राखिएको महोत्सवका संयोजक एवम् संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । महोत्सवका २० भन्दा बढी विदेशी पर्यटक सहभागी हुने अपेक्षा राखिएको संयोजक श्रेष्ठले बताए ।

तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको संघले जनाएको छ । साढे २ बजे शुरू हुने महोत्सवमा उपस्थितिका लागि सम्पूर्ण मिडियाकर्मीलाई संघले हार्दिक अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *