कर्णाली नदीमा महिलाको शव फेला

धनगढी । कर्णाली नदी किनारमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । कैलालीको मोहन्याल गाउँपालिका- ७ चिप्लेस्थित कर्णाली नदीको किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शव पानीबाट निकालेर आवश्यक प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

शवको पहिचान खुल्न नआएको हुँदा फोटोको आधारमा पहिचान गरी नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न कैलाली प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =