एमालेले महाधिवेशनमा एकीकृत समाजवादीलाई नबोलाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रमुख दलहरूलाई दशाैं महाधिवेशनमा बोलाउने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका राजनीतिक दलहरूलाई एमालेले महाधिवेशनमा बोलाउने केन्द्रीय प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए ।

त्यसका लागि उनीहरूलाई पत्र पठाइने पनि प्रमुख भट्टराईले बताए । यद्यपि पार्टी फुटाएर नयाँ दल बनाएका माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई भने एमालेले पत्र नपठाउने भएको छ । विभाग प्रमुख भट्टराईले भने, ‘राजनीतिक दलको नाममा बनेका समूहहरूलाई महाधिवेशनमा बोलाइरहनुपर्छ भन्ने लाग्दैन । अवैध गर्भधारणबाट जन्मेका दलहरूलाई महाधिवेशनमा बोलाइराख्नुपर्छ भन्ने एमालेको बुझाइ छैन ।’

एकीकृत समाजवादीको पत्र पठाउने पहिचानसमेत टुङ्गोमा नभएको उल्लेख गर्दै भट्टराईले थपे, ‘यिनीहरूलाई बोलाउन आवश्यक नै छैन ।’ भट्टराई यसअघि नेपाल समूहमै रहेका नेता हुन् । उनी १० बुँदे सहमतिको प्रस्तावनामा केटेर एमालेमै रहेका नेता हुन् ।

एमालेले ६२ भन्दा धेरै मुलुकका दलहरूलाई समेत महाधिवेशनमा निम्त्याएको छ । उनीहरूबाट सकारात्मक प्रतिक्रिया आइरहेको एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *