स्वतन्त्र न्यायालयको पक्षमा उभिन डिएलएको आह्वान

काठमाडौँ । नेपाल डमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)ले जनताको न्याय पाउने हकको पक्षमा र स्वतन्त्र न्यायपालिकाको रक्षाको पक्षमा एकजुट भएर उभिन आह्वान गरेको छ ।

डिएलएका महासचिव लक्ष्मीदेवी दाहालले आज जारी गरेको प्रेस विज्ञप्तिमा सबै सेचत समुदायलाई संविधानप्रदत्त जनताको न्याय पाउने हक र स्वतन्त्र न्यायपालिकाको रक्षाको पक्षमा एकजुट हुन आह्वान गरिएको छ ।

“अन्तर्राष्ट्रिय तहमा हाम्रो् न्यायलयको साख, विश्वास र प्रतिष्ठाको उचाइ आजपर्यन्त गौरवपूर्णरुपमा छ, सो साख जोगाउँदै यस विषम परिस्थितिमा सहज निकास खोज्न र यो गतिरोध अन्त्य गरी न्यायपालिकाको स्वर्णीम इतिहासलाई जोगाउन अघि बढौँ”, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, न्यायपालिकाभित्र रहेको विकृति, विसङ्गति, भ्रष्टाचार समाप्त गर्न विचौलिया नियन्त्रणसम्बन्धी अध्ययन प्रतिवेदनसमेत यथाशीघ्र कार्यान्वयन गरी न्यायपालिकाको गरिमा बढाउने कार्यमा लाग्न सम्बन्धित जिम्मेवार निकायसँग डिएलएले अपिल गरेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *