जुवाखालमा प्रहरीको छापा, १५ लाखसहित ११ जना पक्राउ

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा २ स्थित तातोपानीबाट ११ जना जुवाडे पक्राउ परेका छन् । मंगलबार राती २ बजे प्रहरीले गोप्य सूचनाको आधारमा छापा मारेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट १५ लाख नगद बरामद भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । कास्कीमा दैनिक जसो जुवाखालबाट नगद सहित जुवाडे पक्राउ परिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *