सैनिक ‘डग’को कला (तस्बिरहरु)

काठमाडौँ । हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने यस पर्वमा प्रकृति र मानव जीवनसँग जोडिएका विभिन्न जीवहरूको समेत पूजाआजा गर्ने चलन छ । यसपालि तिथिको घटबढका कारण काग तिहार र कुकुर तिहार एकै दिन अर्थात् आज मनाइँदै छ ।

कुकुर तिहार अर्थात् नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन मनाइन्छ  । यस दिन कुकुरलाई पूजा गरी मन पर्ने खाना खुवाइन्छ । हिन्दुहरूले कुकुरलाई यमराजकाे दूतका रूपमा मात्र नभई भैरवको वाहनको रूपमा समेत पुज्दछन् ।

हिन्दु धर्मशास्त्रमा मृत्युपर्यन्त पनि यमलोकको मोक्ष द्वारमा कुकुरले नै पहरा दिने उल्लेख गरेको पाइन्छ । मानव सभ्यताको सुरुवात देखिनै कुकुरले हरेक समयमा मानव जातिलाई सहयोग गर्दै आइरहेको छ ।

आजकाल कुकुरलाई घरको रक्षकको रूपमा मात्र नभई अपराधी पत्ता लगाउने र उच्च स्तरको सुरक्षा गतिविधिमा समेत प्रयोग गरिन्छ । प्रथम र दोस्रो विश्वयुद्ताका को लडाइँमा पनि कुकुरलाई विभिन्न कार्यमा संलग्न गराएको इतिहास छ ।

(तस्बिरमा नेपाली सेनाले आज ‘डग स्क्वायड’ भैरव बहान गुल्म सानोठिमीमा रहेका कुकुरहरूको पूजा र कला कौशल प्रदर्शन गर्दै…)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *