विद्यार्थीलाई न्यानो कपडा

पनौती । श्रीराम उच्च माध्यमिक विद्यालय खोपासीका पूर्व विद्यार्थीले हाल अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ गिरिको संयोजकत्वमा १ सय ६५ जोर न्यानो कपडा व्यवस्था गरिएको हो ।

अध्यक्ष गिरि सहित पूर्व विद्यार्थीहरू अर्जुन तिमल्सिना, मोहनपूर्ण सत्याल, प्रधानाध्यापक उत्तम ताम्राकार लगायतको समन्वयमा कपडा विद्यालयलाई उपलब्ध गराइएको थियो । उक्त कपडा मंगलबार एक कार्यक्रमकाबीच प्रमुख अतिथि एवं प्रहरी नायव उपरीक्षक अर्जुन तिमल्सिना, नेपाल टेलिकम मोबाइल सेवाका व्यापार अधिकृत मोहन पूर्ण सत्याल, पनौती नपा१२ का वार्ड अध्यक्ष मोहन भण्डारीसहितले सबै विद्यार्थीलाई कपडा वितरण गरिएको अध्यक्ष गिरीले बताए ।

अध्यक्ष गिरीका अनुसार सो कार्यक्रममा अव​कास प्राप्त​ शिक्ष​कह​रुको बिदाइ ,२०७७ एसईई उत्तीर्ण​ विद्यार्थी​हरुको ब​धाई​ एवं शुभकामनासहित अक्ष​य​कोषको स्थापना गरी दाताबाट​ छात्रवृत्ति वितरणको शुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *