राईको नेतृत्वमा बन्यो प्रदेश १ सरकार, को-को बने मन्त्री ? (सूचीसहित)

विराटनगर । प्रदेश नं. १ मा नयाँ सरकार गठन भएको छ । एमालेको कोटाबाट मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यले सोमबार पदबाट राजीनामा दिएसँगै प्रदेशमा नयाँ सरकार गठन भएको हो । नेकपा (एकीकृत समाजवादी), प्रदेश नं. १ का संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।

राईले मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरिसकेका छन् । यस्तै सत्तासाझेदारी दलहरू कांग्रेस, माओवादी, जसपालगायतबाट एक/एकजना मन्त्री बनेका छन् । मन्त्री बन्नेहरूमा इन्द्रबहादुर आङ्बो, हिमाल कार्की, केदार कार्की र जयराम यादव रहेका छन् । उनीहरूले क्रमशः आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै विष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेकी छिन् । उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट राज्यमन्त्री बनेकी हुन् । यसबाहेकका अन्य मन्त्रालय अहिले मुख्यमन्त्री राईले नै हेर्नेछन् ।

सूची:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *