प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त, ३ बजे शपथ

विराटनगर । प्रदेश नं. १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ राईलाई मंगलबार मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गराएका हुन् ।

संविधानको धारा १६८ को (२) बमोजिम राई मुख्यमन्त्री नियुक्त भएका हुन । प्रदेश प्रमुख प्यासीले सरकारको दाबी गर्न आह्वान गरेलगत्तै ४९ जना सांसदको समर्थनसहित सरकारको दाबीगरेका राई आज मुख्यमन्त्री बनेका हुन् ।

सोही दाबीअनुसार राईलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । प्रदेश प्रमुखको कार्यालयले दिउँसो ३ बजे मुख्यमन्त्रीको शपथ ग्रहणको तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *