मुख्यमन्त्रीकाे शपथ लिँदै राई, मन्त्रालयको टुङ्गो लगाउन बैठक जारी

विराटनगर । प्रदेश नं. १ को सरकार कसरी बनाउने र मन्त्रालयको भागबन्डा कसरी गर्ने भन्ने विषयलाई लिएर गठबन्धनको बैठक बसिरहेको छ । सरकार एकीकृत समाजवादीकाे नेतृत्वमा बन्दैछ । पार्टीकाे तर्फबाट संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दैछन् । उनले दिउँसाे २ बजे मुख्यमन्त्रीकाे रूपमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्दैछन् ।

यस्तै आजै सानाे मन्त्रिमण्डलसमेत बन्नेछ । हरेक दलबाट एक/एक जना मन्त्रीमा सहभागी हुनेगरी तयारी भइरहे पनि मन्त्रालय बाँडफाँडको कुरा भने मिलिसकेकाे छैन । प्रस्तावित मुख्यमन्त्री राईले दलहरूबीचको आन्तरिक सहमतिकाे लागि बैठक बसिरहेको बताए । ‘हामी अहिले बस्ने बैठकबाट मन्त्री र मन्त्रालयको बारेमा टुङ्गो लगाउँछौँ,’ राईले मकालुखबरसँग भने, ‘बिहानै माओवादी संसदीय दलको बैठक बसेको भन्ने जानकारीमा आएको छ । उहाँहरूबाट आएको नाम र नेपाली कांग्रेसबाट आएको नामलाई मिलएर मन्त्रालय र मन्त्रीको टुङ्गो लगाउँछौँ ।’

आजै बन्ने मन्त्रिमण्डलमा राईले मुख्यमन्त्रीका रूपमा शपथ लिँदैछन् भने कांग्रेस, माओवादी केन्द्र र जसपाले एक/एक सांसदले मन्त्रीकाे रूपमा शपथ ग्रहण गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *