के भन्छन् मुख्यमन्त्री नबन्दै उत्सव मनाएका राजेन्द्र राई ?

काठमाडौँ । मुख्यमन्त्री बन्ने निश्चित भएपछि नेकपा (एकीकृत समाजवादी) प्रदेश-१ संसदीय दलका नेता राजेन्द्र राईले केक काटेर उत्सव मनाएका छन् । पाँच दलीय गठबन्धनबाट मुख्यमन्त्री हुने भएपछि राईले केक र मदिरासहितको उत्सव मनाएका हुन् ।

काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि खुसीयाली मनाएको बताइन्छ । इटहरीस्थित एक होटेलमा सोमबार राति आयोजित कार्यक्रम राईले भावी मुख्यमन्त्रीका रूपमा केक समेत काटेर खुसी साटे भने मदिरा पार्टी पनि भयो ।

के भन्छन् राई ?
मकालुखबरसँगको कुराकानीमा राईले शुभेच्छुक तथा शुभचिन्तकहरूले आयोजना गरेको कार्यक्रममा सहभागी भएको बताए । ‘देशै भरी मान्छे खुसी छन्, ठाउँ ठाउँमा म मुख्यमन्त्री भएकोमा खुसीयाली बनाइएको थियो म पुग्न सकिएन,’ राईले भने, ‘त्यही होटलमा चाहिँ म निस्किदिए त्यत्ति हो । यो बेला शोक सभा गर्न भएन, मौन धारण गर्न भएन, कपाल काटेर हिँड्न भएन ।’

उनले आफूलाई धेरै ठाउँबाट खुसीयाली बनाएको भन्दै फोन आएको बताए । ‘धेरै ठाउँबाट फोन आएको थियो, यहाँ २० हजारको बिल आयो, अर्कोतिर ४० हजारको आयो भनेर खुसीयाली खबर आइरहेको छ । मैले राज्यलाई हानी नपुग्ने गरी खुसीयाली बनाउनोस् भनेँ ।’

शुभ चिन्तकहरूको आग्रहमा आफू होटलमा पुगेको उनको प्रस्टीकरण छ । ‘सेवन नगरे पनि मोडलिङ जस्तो, भलिबल हुँदा भलिबल हानेजस्तो गरिएको हो । केक खाइएको मात्रै हो ।,’ ‘उनले भने, ‘घरमा आएको भए परम्परा अनुसार रक्सी खानुपर्थ्यो अब यहाँ आधुनिक जनमाअनुसार रमाइलो गरिएको हो, अन्य केही होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *