२०१.८७ प्रतिशतले बढ्यो सिभिल बैंकको नाफा

काठमाडौँ । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा सिभिल बैंकले २९ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २००.९४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ९ करोड रुपैयाँमात्रै खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले ७१ करोड ७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.८२ प्रतिशतले बढी हो ।

बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ७६.२६ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६० करोड २८ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष १३.७६ प्रतिशतले बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ४.६३ प्रतिशतले बढेको छ भने कर्जा ३.६२ प्रतिशतले बढेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरणअनुसार बैंकको वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५१ पैसा कायम छ ।

यस बैंकको मूल्य आम्दानी अनुपात १७.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ८८ पैसा रहेको छ । बैंकको निष्कृय कर्जा अनुपात ०.९६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =