कोप-२६ मा उठ्यो नेपालको मुद्दा : ‘खडेरी र बाढीले हिमाली जनता जोखिममा’

काठमाडौँ । स्कटल्यान्डको ग्लास्गो सहरमा जारी राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६)को सुरुवातमा नेपालको हिमाली क्षेत्रको कुरा उठान भएको छ ।

बेलायती सांसद तथा कोप-१६ सम्मेलन प्रमुख आलोक शर्माले आफू नेपालको मुस्ताङको सदरमुकाम जोमसोम आउँदा त्यहाँका स्थानीयबासीसँग गरिएको कुराकानीमा जलवायु परिवर्तनले उनीहरूलाई प्रत्यक्ष प्रभाव परेको आफूले पाएको बताए ।

सम्मेलनको सुरुवातमै उनले आफूले जोमसोम पुगेर प्रभावित समुदायलाई भेटेको र खडेरी तथा बाढीले गर्दा त्यहाँका बासिन्दा विस्थापित हुने जोखिममा रहेको बताए ।

शर्माले कोप-२६ को सुरुवाती मन्तव्यमै हिन्दुकुश क्षेत्रअन्तर्गत नेपालको जोमसोममा जलवायु परिवर्तनले पारेको प्रभावका बारेमा बोलेपछि अहिले उक्त विषयले विश्वको ध्यान तानेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =