एनआईसी एशिया बैंकको खुद नाफा १ अर्ब १८ करोड पुग्यो

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल भएको छ। असोज मसान्तसम्ममा बैंकले १ अर्ब १८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.४२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.९३ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २२ करोड ४५ लाख रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ११.३१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ३.०५ प्रतिशत घटेको छ भने कर्जा ६.२६ प्रतिशत बढेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seven =