केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ११ सय बिरामी लाभान्वित

ललितपुर । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ललितपुरको गोदावरी नगरपालिका-१३ मरुवारासीका १ हजार १ सय ६३ बिरामी लाभान्वित भएका छन् ।

गोदावरी नरपालिका १३ नं. वडा कार्यालयसँग सहकार्य गरेर केएमसीले आइतबार मरुवारासीस्थित नवज्योति माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा २०२ जनाको भिडियो एक्सरे, १९८ जनाको रक्त परीक्षण र १५३ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा ५५ जनाको दाँत खोलिएको छ । त्यस्तै, शिविरमा उपचार सम्भव नभएका ६६ बिरामीलाई अस्पताल रेफर गरिएको छ ।

यसअघि केएमसीले ललितपुरको गोदावरीमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा १ हजार ५ सय ८७ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।

विपन्न बिरामीलाई लक्षित गरी केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =