लागुऔषध कारोबारी पक्राउ

पोखरा । पोखरामा लागुऔषध कारोबारी पक्राउ परेका छन् । गाडी चेकजाँच गर्ने क्रममा गगनगौँडाबाट पोखरा- १० बस्ने २१ वर्षका सुरज विक, अर्घाखाँची पाणिनी गाउँपालिका- ३ का १८ वर्षीय कमल सुनार र रुपन्देही सैनामैना नगरपालिका- ८ का २० वर्षीय विक्रम विक पक्राउ परेका हुन् ।

चेकजाँचका क्रममा शंकास्पद गतिविधि देखाएपछि खान्तलासी गरिएको हो । उनीहरूको साथबाट डाईजापाम र बुप्रिनर्फिन १९/१९ एम्पुल, फेनरागन २० एम्पुल गरी ५८ एम्पुल बरामद भएको छ ।

उनीहरूलाई लागू औषध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 7 =