नबिल बैंक र पोखरा विश्वविद्यालयबीच साझेदारी

काठमाडौँ । नबिल बैंकले पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको  छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त साझेदारीपछि विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम (Bachelor of Entrepreneurship Development-BED Program)अन्तर्गतका उद्यमशील परियोजना सञ्चालन गरिरहेका उद्यमी विद्यार्थीहरूलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने  उद्देश्य रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सम्झौताले नबिल बैंक र पोखरा विश्वविद्यालयको सम्बन्धमा नयाँ आयाम थपेको बताए । उद्यम गर्ने सोचसँगै त्यस सम्बन्धी ज्ञान हासिल गरेका युवाहरूमा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रूपान्तरणमा सहयोग गर्ने पनि उनले बताए  ।

त्यस्तै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल, रजिस्ट्रार डा. दिपकबहादुर भण्डारी तथा मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले नबिल बैंकको यस नयाँ सोचको प्रशंसा गर्दै नबिल दिगो बैंकिङकार्यक्रमको सफलताको शुभकामना सहित यसका  लागि विश्वविद्यालयको सधैँ सहयोग रहने समेत बताए ।

कार्यक्रममा विश्वविद्यालयको विभिन्न पदाधिकारी, उच्च पदस्थ सरकारी कर्मचारी, पत्रकार, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा विभिन्न व्यवसायी संस्थाका प्रतिनिधि तथा पत्रकार, बुद्धिजीवी साथै द्यभ्म् एचयनचबm अन्तर्गतका उद्यमशील बन्न चाहने अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =