सामाजिक सञ्जालमार्फत हुने ठगी बढ्यो, सचेत रहन प्रहरीको आग्रह

काठमाडौँ । प्रहरीले सामाजिक सञ्जाल ह्याक गरेर सापटी वा सहयोग मागेर ठगी गर्नेहरू बढेको भन्दै सतर्क रहन नागरिकलाई आग्रह गरेको छ ।  महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुबेर खापुङले फेसबुक, मेसेन्जर ह्याक गरेर मोबाइल बैंकिङ वा इसेवा आदिको माध्यमबाट सापटी वा सहयोग मागेर ठगी गर्नेहरू बढेको पाइएकोले मेसेन्जर मार्फत तपाईँलाई पनि कसैले पैसा सापटी वा सहयोग मागेमा फोन मार्फत कन्फर्म गरेर मात्र पठाउन अनुरोध गरेका हुन् ।

कसैले सहयोग मागिहालेमा नपत्याई हाल्न र फोन गरेर निश्चित गरेर मात्र सहयोग गर्न उनले आग्रह गरेका छन् । उनले भने, ‘फेसबुक,मेसेन्जर ह्याक गरेर मोबाइल बैंकिङ वा ई सेवा आदिको माध्यम बाट सापटी वा सहयोग मागेर ठगी गर्ने प्रवृत्ति व्यापक भई रहेको पाइएकोले त्यसरी मेसेन्जर मार्फत तपाईँलाई पनि कसैले पैसा सापटी वा सहयोग माग गरेमा फोन मार्फत कन्फर्म गरेर मात्र पठाउनु होला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =