प्रदेश १ सरकारले १८ स्रष्टालाई पुरस्कृत गर्ने

विराटनगर । प्रदेश नं. १ को सरकारले १८ जना स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । हरेक वर्षझैँ यस वर्ष पनि भाषा साहित्य र कला क्षेत्रमा सक्रिय रहेका स्रष्टाहरूलाई पुरस्कृत गर्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

अघिल्लो वर्षको पुरस्कार वितरण कार्यक्रम कोरोना महामारीका कारण हुन सकेको थिएन । गत आर्थिक वर्षको अन्त्यमा सूचना जारी गरेर पुरस्कारको लागि आव्हान गरेको सामाजिक विकास मन्त्रालयले  १८ जनालाई छनोट गरेको हो ।

पुरस्कार छनोट समितिका संयोजक खेम नेपालीको नेतृत्वको समितिले  सिफारिस गरेको नामको आधारमा पुरस्कार वितरण गर्ने नाम सार्वजनिक गरेको हो । सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको नामहरूमा ‘बालकृष्ण पोखरेल भाषा साहित्य कला सम्मान २०७८’बाट विराटनगरका साहित्यकार बलराम पोखरेललाई दिने उल्लेख छ । पोखरेललाई १ लाख रुपैयाँ राशिको  सम्मान हुनेछ ।

यस्तै ५० हजार राशिको प्रदेश भाषा साहित्य कला प्रतिभा सम्मानबाट लक्ष्मण नेवटीया (मोरङ), डमरुबल्लभ भण्डारी (सुनसरी), राम दियाली (इलाम), सरस्वती दुमी राई (पाँचथर), नविन राई (खोटाङ), माधव कल्पित (झापा), शंकर खरेल (मोरङ), प्रेम सुब्बा (सुनसरी), टीका चाम्लिङ (खोटाङ), भानुभक्त कुभिण्डेली (झापा), सत्यकला राई (खोटाङ) र मञ्जुश्री गिरी (मोरङ) सम्मानित हुने भएका छन् ।

यस्तै २५ हजार राशिको नवोदित भाषा साहित्य कला प्रतिभा पुरस्कार २०७८ बाट सञ्जिव धिमाल (मोरङ), रामभजन कामत (मोरङ), खगिन्द्रा निरौला ‘खुसी’ (झापा), कविता राई (भोजपुर) र सुरेश पोर्तेल (इलाम) पुरस्कृत हुने भएका छन् । यो पुरस्कार विगत वर्षदेखि वितरण हुन सकेको थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *