एनएमबि बैंकद्वारा १५.८० प्रतिशत लाभांश घोषणा
२०७८ कार्तिक १४ गते

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले १५.८० प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएकाे छ ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बैंकले १३ प्रतिशत बोनस र ३.२ प्रतिशत नगद गरी कूल १६.२० प्रतिशत लाभांश वितरण गरेको थियो । तर, यसपटक बैंकले ०.४० प्रतिशतले लाभांश घटाउँदै १५.८० प्रतिशत वितरणको घोषणा गरेको हो ।
२०७८ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित








