राष्ट्रिय बैंकद्वारा १३ कम्पनीलाई अनुदान रकम हस्तान्तरण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट (केएफडब्लु) बैंक मार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित इनर्जि एफिसेन्सी प्रोगाम नेपालको अनुदान सहयोग कार्यक्रम अन्तर्गत छ करोड ५० लाख रुपैंया रकम हस्तान्तरण गरेको छ ।

बैंकले एशियन थाई फुड्स, जस्मिन हाइजिन प्रोडक्ट्स्, ताजा फुड्सलाई एक/एक करोड रुपैंया, नेपाल वायर्स एण्ड केवल लाई ६४ लाख ८४ हजार रुपैयाँ, पञ्चकन्या स्टील इन्डष्ट्रिजलाई ६३ लाख ९१ हजार रुपैयाँ, पञ्चकन्या मेटल इन्जिनियरिङ्ग लाई ४४ लाख १९ हजार रुपैयाँ, एसआर स्टील इन्डष्ट्रिजलाई ४३ लाख २१ हजार रुपैयाँ, क्युमेड फर्मुलेसनलाई ३१ लाख ६१ हजार रुपैयाँ, इलाम टी प्रोड्युसरलाई २९ लाख ६९ हजार रुपैयाँ, ओहम फर्मम्युट्रीकल्स ल्याब्रोट्रिजलाई २४ लाख ९४ हजार रुपैयाँ, पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिजलाई २२ लाख ५८ हजार रुपैयाँ, हिमालयन नेचुरललाई १७ लाख ४० हजार रुपैयाँ र विजयदिप ल्याब्रोट्रिजलाई ८ लाख ४५ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक एक समारोहका बिच हस्तान्तरण गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक रकम हस्तान्तरण गर्दै यो अनुदान रकमले व्यवसायको अन्य पक्षको पनि सुधार हुने बताउँदै हालसम्म ३० वटा भन्दा बढी उद्योगहरुलाई १६ करोड ३५ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए ।

यस आयोजना अन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ ।

यस आयोजनाअन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधिभित्र रही अधिकतम रु. १ करोडसम्मको अनुदान रकमको सीमा कायम गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *