सुडानमा एक हप्ताभित्र नयाँ प्रधानमन्त्री, सार्वभौम परिषद् चुनिने : अल-बुर्हान
२०७८ कार्तिक १२ गते

खार्तुम, सुडान । सुडानका सशस्त्र बलका कमाण्डर-इन-चीफ अब्देल फताह अल-बुर्हानले सुडानमा नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् केही दिन भित्र चुनिने बताएका छन् । प्रधानमन्त्रीको निर्वाचन र सार्वभौम परिषद्का सदस्यहरूको नियुक्तिको समयबारे अल(बुर्हानले स्पुतनिकलाई भने, ‘मलाई आशा छ केही दिन वा एक हप्ता भित्र नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् चुननेछ।’
सुडानी सेनाले सोमबार बिहान प्रधानमन्त्री अब्दल्ला हामडोक र सरकारका अन्य सदस्यहरूलाई हिरासतमा लिएको छ। सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का प्रमुख अल-बुर्हानले राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै आपतकालीन अवस्थाको चर्चा गर्दै सरकार विघटन गर्ने घोषणा गरेका छन् । मंगलबार हाम्डोक र उनकी श्रीमती राजधानी स्थित निवास फर्किएको जनाइएको छ।
२०७८ कार्तिक १२ गते
प्रतिक्रिया
सम्बन्धित








