स्कुल बसबाट खसेर विद्यार्थीको मृत्यु

पोखरा । पोखरामा स्कुल बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । पोखरा २५ हेमजामा रहेको ज्ञानसागर एकेडेमीमा पढ्ने विद्यार्थीको सोही स्कुलको बसबाट खसेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा ८ वर्षका रोमन तामाङ छन् । स्कुलबाट घर जाने क्रममा उनी ढोकाबाट खसेका हुन् । दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विद्यालय प्रशासनले भने मृतकको परिवारलाई १० लाख दिने सहमति भएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *