चित्रकथा ‘भुत्ले खुट्टा’ प्रकाशित

काठमाडौँ । इन्ग्रिड सावेयको लेखन र विहोजेय दुलापोख्टको चित्राङ्कन रहेको चित्रकथा ‘भुत्ले खुट्टा’ प्रकाशित भएको छ । कथालय इन्कद्वारा प्रकाशित यो पुस्तकको नेपाली अनुवाद बिनोद भण्डारीले गरेका छन् । भुत्ले खुट्टा एउटा भ्यागुताको कथा हो‚ जसको नाम जमुना हुन्छ ।

जमुना अरु भ्यागुताजस्तो हुँदैन‚ किनभने उसको पन्जामा रौँ हुन्छ । आफ्ना भुत्लाका कारण दिक्क उनी टीका टीका परेको मोजा र बजारमा सबैभन्दा चलेको जुत्ता लगाएर हिँड्छिन् ।

बालबालिकामा पुस्तक पढने रुचि बढाउन यो पुस्तकले सहयोग गर्नेछ । यो चित्रकथा ३१ पृष्ठको छ भने मूल्य २२५ रुपैँया तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *