बागमतीमा प्रदेश सभा बैठक आज

विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, यस्तो छ अङ्कगणित

काठमाडौँ । बागमती प्रदेशको प्रदेश सभा बैठक बस्दै छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो १ बजे बोलाइएको हो ।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले १ बजेका लागि बोलाइएको बैठकमा विश्वासका मत लिने कार्यसूची रहेको बताए । उनकाअनुसार मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितको आवश्यक कर्मचारी खटाइएको छ ।

याे पनि : राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति

गत कात्तिक ४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकाले दलगत रूपमा प्रदेशसभाका सदस्यले आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

विश्वासको मतका लागि ५५ सांसद चाहिन्छ । सत्तारुढ एमालेसँग ४३ मत मात्रै छ । माओवादी, कांग्रेस र एकीकृत समाजवादीको जोड्दा ५८ मत पुग्छ । प्रदेश सभामा माओवादीसँग २३, कांग्रेससँग २२ र एकीकृत समाजवादीसँग १३ मत छ । ७ दलको प्रतिनिधित्व रहेको प्रदेश सभामा विवेकशील साझा पार्टीसँग ३, राप्रपासँग २, नेपाल मजदुर किसान पार्टीसँग २ र एक स्वतन्त्र सांसद छन् । यदि एमालेलाई यी दलहरूले साथ नै दिए भने पनि सरकार जोगिनेवाला देखिँदैन ।

थप : ‘अल्पमत सरकार’ को आयु लम्ब्याउँदै अष्टलक्ष्मी

विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ । वाग्मतीमा एकीकृत समाजवादी र कांग्रेसले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *